Erani Mahal
निस्दीका सामुदायिक वनले पन्ध्र हजार बढी विरुवा रोपिदै
291470437_351537513837010_6293651821249040562_n
धनबहादुर ठाडा,पाल्पा - निस्दी गाउँपालिका पाल्पाको विभिन्न सामुदायिक वनहरुले १५ हजार बढी विरुवा रोपिदै छन । निस्दी सव डिभिजन वन कार्यालय पाल्पाले यहाँको विभिन्न सामुदायिक वन , कबुलियती वन तथा निजी जग्गामा वृक्षारोपण अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत डिभिजन वन कार्यालय पाल्पाको अनुदानमा ५ वटा सामुदायिक वनले खाली क्षेत्रमा विरुवा लगाएको छ । यि वनहरुले ८ हजार बढी तेजपात , ३ हजार चिउरी र ६ हजार बढी खयरको विरुवा रोपेका छन । वृक्षारोपणको लागि ४ वटा सामुदायिक वनलाई १ लाखका दरले र १ वटा वनलाई ७५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको निस्दी सव डिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभएको छ । यता पकेट क्षेत्र अन्तर्गत ७४ घरधुरीलाई आफ्नो निजी जग्गामा वृक्षारोपणको लागि प्रति विरुवा २० रुपैयाँका दरले अनुदान पाउने व्यवस्था रहेको अधिकारीले बताउनुभएको छ । वृक्षारोपण अभियान सफल पर्नको लागि वन कार्यालयका कर्मचारीहरुले सम्बन्धित क्षेत्रमै पुगेर सहयोग गरेका छन । यसैबीच निस्दीका १० वटा नयाँ कबुलियती वनले २० हेक्टर क्षेत्रफलमा करिब ५६ हजार अम्रिसो रोपेको अधिकारीले बताउनुभएको छ ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update