Erani Mahal
रामपुरमा कार्यालय मै मोबाइल चार्जिङ्ग सुविधा !
R
पाल्पा– जिल्लाको रामपुर नगरपालिकाले सेवाग्राही नागरिकलाई मध्यनजर गर्दै मोवाइल चार्जिङ्ग स्टेशनको व्यवस्था मिलाएको छ । रामपुर नगरपालिका कार्यालयको मुल गेट साइडमा मोबाइल चार्जिङ राखिएको छ । एकैपटक एक भन्दा धेरै मोबाइल चार्ज गर्न मिल्ने गरि चार्जिङ बक्स राखेपछी कामको चाप र चार्ज सकिएर अफ्ठेरोमा परेका सेवाग्राहीले मोबाइल चार्ज गर्न पाउदा ठूलो राहत मिलेको सेवाग्राहीहरुले जनाएको छ । रामपुर नगरपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मोवाइल अफ भएर संचार सुविधामा समस्या नहोस भनेर चार्चिङ्ग स्टेशन राखिएको नगरप्रमुख रमण बहादुर थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update