Erani Mahal
रुपन्देहीमा हतियार सहित तीनजना पक्राउ
parauuu
बुटवल- रुपन्देही प्रहरीले आईतबार राती लुम्बिनी क्षेत्रबाट हतियार सहित ३ जनालाइ पक्राउ गरेको छ । आईतबार राती साढे ८ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेकोहो । युपी ५५ एडी ०६८४ नम्बरको मोटर साईकल शंका लागी पिछा गर्दै जाने क्रममा लुम्विनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक मोटसाईकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा भारत जिल्ला सिद्दार्थनगर बस्न ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेद पौडेलले जानकारी दिनुभयाे । पक्राउ परेकाहरु मध्येबाट मोटरसाईकल चालक चिनक भनिने मेदि हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोला भित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीको भनाई छ । मोटरसाईकल दुर्घटनामा परि तीनै जना घाईते भएकोले उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको पौडेलले बताए । मोटर साईकलले ठक्कर दिएको गोरुको घटनास्थलमै मृत्यू भएको छ । निजहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भई रहेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update