तिनाउ खोलाले बगाउदा एकको मृत्यू, एक वेपत्ता

रानीमहल संवाददाता || २० असार २०७९,सोमबार ११:२६
पाल्पा– जिल्लाको तिनाउमा दुईजना भारतीयलाई खोलाले बगाएको छ । सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका दुईजनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बगाउनेमा भारत युपि दोहोरिया गोरखपुर बस्ने नन्द कुमार निसाद र शनिकुमार रहेका छन् ।
खोलाले बगाएर बेपत्ता भएका दुवै जनाको खोजी गर्दा निसाद बुटवल १९ लाफा चौरमा मृत अवस्थामा फेला परेका छन् भने अर्का शनिकुमार वेपत्ता नै रहेको प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिनुभयो ।
उनीहरु झोलुङ्गे पुल नजिकै खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए । भारतबाट ६० जनाको टोली दर्शन गर्न आएकामा दर्शन गरेर खोलामा पौडीन गएका उनीहरुलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।