Erani Mahal
तानसेनका छाडा गाईवस्तुको गौसेवा आश्रममा व्यवस्थापन !
gai
पाल्पा– तानसेन नगरपालिका क्षेत्रको छाडा चौपायको व्यवस्थापन गरिएको छ । तानसेन नगरपालिकाले रुरु गौसेवा आश्रमसँगको समन्वयमा गाईगोरुको व्यवस्थापन गरिएको नगरप्रवक्ता यादव सिंह कार्कीले बताउनुभयो । कार्कीका अनुसार तानसेनको बसपार्क, टुँडीखेल, बजार क्षेत्र, बतासेडाँडा लगायतका क्षेत्रमा रहेको छाडा चौपायका कारण दुर्घटना लगायतको समस्या रहेको थियो, जसको व्यवस्थापनको लागि गौसेवा आश्रम रिडीसँग समन्वय गरिएको बताउनुभयो । आश्रमका संचालक शंकर गिरीका अनुसार धार्मिक र वैज्ञानिक हिसावले पनि महत्वपूर्ण रहेको गाईहरु पछिल्लो समयमा वेवास्तामा पर्ने गरेको बताउनुभयो । उहाँले स्थानीय जातका गाईको दुध, ध्यू अमृत समान रहेको भएता पनि मानिसहरुमा चेतना अभावले गर्दा त्यसै सडमा छाड्न थालिएको बताउनुभयो । उहाँले गाईको दुध, ध्यू, मलमुत्र सबै औषधीय गुणले भरिपूर्ण हुने भएकाले गाईको संरक्षण सँगै चेतनास्तरमा वृद्धि ल्याउन आफूहरुले अभियान नै सुरु गरेको बताउनुभयो । तानसेन नगरप्रमुख सन्ताेषलाल श्रेष्ठ सहितका जनप्रतिनिधिहरुले आश्रममै पुगेर गाइकाे व्यवस्थापनकाे लागि पहल गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update