Erani Mahal
बराङ्दीका युवा शुशिल बस्यालको एक घर एक लालिगुराँस अभियान !
290853662_407791221127262_8860322534716234306_n
पाल्पा- बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल " राष्ट्रप्रेमी"ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन । बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास ,श्री महामृत्युञ्जय शिवासन धाम , बराङ्दी आयुर्बेद औषधालय , बेद माध्यमिक बिद्यालय र बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन। लालीगुराँसको यो अभियानको कुरा सुन्दा स्थानीय उत्साहित भएका छन । यो अभियानलाई वडाले निरन्तरता दिनुपर्नेमा जोड दिएका छन । घ्युसिबास मिश्रित कृषक समुहका अध्यक्ष शंकर भटराईले यो अभियानले आफु एकदमै उत्साहित भएको र यस अभियानले दोहोरो फाईदा हुने बताएका छन एकातिर लालिगुरासको संरक्षण हुने , सौन्दर्यता सौन्दर्य औषधीमा औषधी र भटराईले ब्यबसायिक मौरी पालन गर्ने भएको हुदा लालीगुरासको महत्व अत्याधिक भएको बताउछन । बस्यालले एक बर्ष अगाडि बगनासकाली गाँउपालिकामा लागुपदार्थ तथा जुवातास न्यूनीकरणको लागि सचेतना अभियान चलाएका थिए ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update