Erani Mahal
पाल्पा अर्गलीमा टिपर दुर्घटनामा हुँदा १ जना घाइते
ka
पाल्पा- पाल्पामा टिपर दुर्घटनामा हुँदा १ जना घाइते भएका छन् । शुक्रबार दिउँसो गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु २ ख १३५२ नम्बरको टिपर पाल्पाको तानसेन नगरपालिका–१४, कमलपोखरी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनाबाट टिपरका चालक गुल्मी छत्रकोट गाउँपालिका–२ का ३० वर्षीय शंकर पन्थ घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले बताउनुभयाे । लगातारको वर्षाका कारण टिपर चिफलेर टिपर सडकबाट ३०० मिटर तल खसेको उहाँले जानकारी दिनुभयाे । घाइते पन्थको मिशन अस्पतालमा पाल्पामा उपचार भइरहेको छ । उहाँ खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update