Erani Mahal
पाल्पामा दिनहुँ देखिन थाले कोरोना सङ्क्रमित
khanepani
पाल्पा – जिल्लामा केही दिनयता दिनहुँजसो कोरोना सङ्क्रमण देखिन थालेकाे छ । जिल्लाका विभिन्न अस्पतालमा गरिएको कोरोना परीक्षणमा केही मानिसमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार पछिल्लो केही दिनयता पाल्पामा दिनहुँजसो एक÷दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो तीनदिनको अबधिमा लगातार एक/दुई जनामा सङ्क्रमण देखिएकाे छ । पछिल्लो दुई महिनायता जिल्लामा कोरोनाको सङ्क्रमण शुन्य थियो । तर केहीदिनयता सङ्क्रमण नगन्य मात्रामा देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । पाल्पामा बिहीबारसम्ममा ४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लाे २४ घण्टामा पाल्पामा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update