Erani Mahal
धनसार भत्किँदा एक किशाेरीकाे मृत्यु
bhaisi-death
स्याङ्जा - अविरल वर्षाको कारण धन्सार भत्किदा स्याङ्जामा एक किशाेरीको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं. १० डुविनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्कदा उहाँकी छोरी १२ बर्षीया रेखा भट्टराईको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजिबबहादुर बस्नेतका अनुसार बिहीबार बिहान ६ बजेतिर धनसार भक्कदा भट्टराइ घाइते हुनुभएकाे थियाे । घाईते भएकी भट्टराईलाई उपचारका लागि गल्याङ लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि १६ वर्षीया लक्षमण भट्टराई घाइते हुनु भएको छ । उनीहरु धन्सारमा सुतिरहेका थिए । गोठ भत्किदा एक भैसी, दुईवटा पाठा पुरिएरको स्थानीयबासी गुरुप्रसाद खनालले जानकारी दिनुभयो । अविरल बर्षाका कारण जिल्लाका अधिकांश ग्रामणि सडक अवरुद्ध भएकाछन् भने जनजीवन पनि प्रभावित भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update