Erani Mahal
लुम्बिनीमा गतवर्ष भन्दा रोपाइँ कम, कुन जिल्लामा कति प्रतिशत ?
209530904_650091193054625_5977596061610278934_n
आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । तर, यस वर्ष पनि किसानले समयमै मल नपाउँदा र समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा अहिले गतवर्ष भन्दा कम धान रोपाई भएको छ । प्रदेशमा अहिले (असार १४ गते) सम्म करिब ३२.७१ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गतवर्ष यहि अवधीमा करिब ४६ प्रतिशत रोपाई भएको थियो । अहिले गतवर्षको भन्दा १३ प्रतिशतले कम रोपाई भएको हो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयकाअनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म १ लाख ४ हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । गतवर्ष लुम्बिनी प्रदेशमा यो अवधिमा करिब ४६ प्रतिशत धान रोपाई सकिएको थियो । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमकाअनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत धान रोपाई भएको छ । नवलपरासीमा धान रोपाई हुने २१ हजार १७५ हेक्टर क्षेत्रफलमध्ये १६ हजार ९४० हेक्टरमाधान रोपाई सकिएको छ भने बाँकेमा रोपाई हुने ३६ हजार ५०० हेक्टर मध्ये ४ हजार ७४५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान खेती हुने कपिलबस्तुमा १७ प्रतिशत धान रोपाई हुँदा प्रदेशको द्रोसो धेरै धान खेती हुने जिल्ला रुपन्देहीमा ४१ प्रतिशत रोपाई सकिएको छ । कपिलबस्तुमा धान खेती हुने कुल ७१ हजार २०० हेक्टर मध्ये अहिलेसम्म १२ हजार १०४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयका बाली विकास अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो । यता लुम्बिनी प्रदेशमा सबै भन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाई सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत रोपाई सकिएको छ । रुकुम पूर्वमा धान रोपाई हुने १ हजार ४१९.४२ हेक्टर मध्ये ९ सय २२.६२ हेक्टर क्षेत्रफमा रोपाई सकिदाँ रोल्पामा ४ हजार ३४० हेक्टर मध्ये २ हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । यस्तै तराई जिल्लाका धान उत्पादनहुने मुख्य जिल्ला दाङमा ३१.५० प्रतिशत र बर्दियामा ३४.७८ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामाकुलधान रोपाई हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफल मध्ये १२ हजार ४११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफल मध्ये १७ हजार ४७६.६८ हेक्टरमा रोपाई सकिएको छ। अर्घाखाँचीमा अहिलेसम्म २४ प्रतिशतधान रोपाई भएको छ । जिल्लामा धान खेती हुने कुल ८ हजार ५० हेक्टर मध्ये १ हजार ९३२ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भईसकेको मन्त्रालयका बाली विकास अधिकृत गौतमले जानकारी दिनुभयो । गुल्मीमा २७ प्रतिशत रोपाई हुँदा पाल्पामा भने ३५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा कुल धान खेति हुने ८ हजार ८३६ हेक्टर मध्ये २ हजार ३८५.७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने पाल्पमा ७हजार ७०६ हेक्टर मध्ये २ हजार ६९७.१० हेक्टर क्षेत्रफलमा रोपाई सकिसकेको छ । यता प्यूठान ६० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको कुल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टर मध्ये ३ हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update