Erani Mahal
तिनाउमा मृत भेटिएका कुँवरको साथी राेका लागु औषध सहित पक्राउ !
F pan
पाल्पा– जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा गल्याङ ८ बस्ने वर्ष २० का सुवास भन्ने होम बहादुर रोका रहेका छन् । उनी मंगलवार तिनाउमा मृत अवस्थामा फेला परेका वालिङ्का २२ वर्षका नरेश कुँवरको साथी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक कुँवरका सम्बन्धमा अनुसन्धान गर्न शंका लागेर रोकालाई जिल्ला प्रहरी कार्यालयय ल्याएर आवश्यक अनुसन्धान र सोधपुछ गर्दा कुँवर र रोकाले सँगै बसेर लागु पदार्थ सेवन गरेको त्यसपछि आफूहरु दुवै जना विहोस भएको तर आफू व्यूझिदा कुँवर मृत अवस्थामा फेला परेको प्रहरीलाई बयानको क्रममा रोकाले बताएका छन् । प्रहरी प्रवक्ता विरेन्द्र थापाका अनुसार कुँवर मृत अवस्थामा देखेपछि उनै रोकाले प्रहरी र स्थानीयलाई खबर गरेका थिए, उनैलाई प्रहरीले संकाको घेराले हेरी अनुसन्धान गर्दै जाँदा उनीको साथमा लागु औषध समेत फेला परेको प्रहरी प्रवक्ता थापाले जनाउनु भएको छ । प्रहरीले खानतलासीको क्रममा रोकाले लगाएको कालो जिन्सको पाइन्टको आगाडिको दाहिने खल्तीबाट रातो प्लाष्टिकमा पोका पारि राखेको अवस्थामा डाइजोपाम ३ एम्पुल, फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल गरी ११ एम्पुल लागु औषध सहित फेला परेका थिए । रोकालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ । नरेश कुँवर मंगलवार दिउँसो तिनाउँ ६ को खोल्सामा मृत अवस्थामा भेटिएका थिए । उनीसँग रहेका रोका पक्राउसँगै उनको निधन पनि रहस्यमय देखिएको छ । पाल्पाको तिनाउमा स्याङ्जाका युवा मृत अवस्थामा फेला !
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update