Erani Mahal
पाल्पाको तिनाउमा स्याङ्जाका युवा मृत अवस्थामा फेला !
dath
पाल्पा– जिल्लाको तिनाउ ६ बाह्रविसेमा एकजना युवा मृत अवस्थामा फेला परेका छन् । स्याङ्जा जिल्ला वालिङ १० वस्ने अन्दाजी २२ वर्षका युवा नरेश कुँवर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बाह्रविसे खोल्सामा मृत भेटिएको कुँवरको मृत्यूबारे अनुसन्धान जारी रहेको र शवको पोष्र्टमार्टम जिल्ला अस्पतालमा गरिएको प्रहरी प्रवक्ता विरेन्द्रथापाले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update