Erani Mahal
आपतकालिन बाल उद्दार कोषबाट रामपुर नगरपालिकाको सहयोग
289920992_3022147681399706_6238441778361771703_n
पाल्पा- आपतकालिन बाल उद्दार कोषबाट रामपुर नगरपालिकाले समस्यामा परेका बालबालिकालाई सहयोग गरेको छ । समस्यामा परेका बालबालिकाको जिवनस्तरमा सघाउ पुर्याउने उद्देश्यले नगरपालिकाले बाल उद्दार कोषबाट त्यस्ता बालबालिकालाई सहयोग गर्दै आएको छ । मृगौलाको समस्या भइ नियमित औषधि उपचार गर्दै आएका रामपुर ६ का शिव परियार भन्ने जंग बहादुर दर्जीलाई बाल उद्दार कोषबाट सहयोग हस्तान्तरण गरेको हो । पछिल्लो समय भारतमा नियमित उपचार गर्दै आएका रामपुर नगरपालिका ६ बिजयपुरका ११ बर्षे बालक परियारको थप उपचार र शैक्षिक सामाग्री किनेर पठनपाठनमा मद्धत पुगोस् भनेर नगद ५० हजार रुपैया दिइएको आपतकालीन बाल उद्दार कोष संचालन समितिका संयोजक तथा रामपुर नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । बिरामी बालक शिव परियार र आमा बेलमाया दर्जिलाई उनकै घर बिजयपुर पुगेर रकम हस्तान्तरण गर्दै नगरप्रमुख थापाले रकमको सही सदुपयोग गर्दै बालकको उपचारमा ध्यानदिन आग्रह गर्नुभयो । नगर उपप्रमुख बालकुमारी थापाले बालकको रेखदेख खानपानमा ध्यान दिन अनुरोध गर्दै उपचारमा हरेक पल चनाखो हुनुपर्ने बताउनुभयो । बालकका आमा बेलमायाले धेरै जनाको सहयोगले बच्चालाई केही सहज भएको बताउदै एकमात्र छोराको यस्तो अबस्थाले निकै चिन्ता परेको बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रमको संचालन रामपुर नगरपालिकाका महिला शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले गर्नुभएको हो । यस्तै, आपतकालीन बाल उद्दार कोष सन्चालन नियमावली २०७७ को परिच्छेद १ को नियम २ बमोजिम रामपुर नगरपालिका २ का संगीत थापालाई स्वास्थ्य उपचारको लागि र प्रतिमा कुमाल र पुजा कुमाललाई विद्यालयमा पठनपाठनका लागि शैक्षिक सामालागी किन्न २०/२० हजार रुपया दिइएको हो ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update