Erani Mahal
सिद्धार्थ राजमार्ग अबरूद्ध, ठाउँ-ठाउँमा ढुंगासहितकाे पहिराे
bato banda
पाल्पा - गएरातिदेखि परेको अबिरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटवल सडक खण्ड अबरूद्ध बनेकाे छ । सिद्धवाबा क्षेत्रमा पहिराे खस्दा बिहानैदेखि सडक अबरुद्ध भएको हाे । सडकमा लेदो सहित ढुङ्गा खसेकाे प्रहरीले जनाएकाे छ । रातिदेखि निरन्तर बर्षा भएका कारण तत्काललाई सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार दोभान प्रहरी चेक पोष्ट देखि चिडियाखोला सम्म आधा दर्जन स्थानमा ढुङ्गा र पहिरो खसेको छ । सडक अबरूद्ध हुँदा पाल्पादेखि बुटवल र बुटवलबाट पाल्पातर्फ अाउने सयाैँ सवारीसाधन बीच बाटाेमै राेकिएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update