Erani Mahal
पाल्पामा बालिकालाई जबजस्ती गर्ने पुरूष पक्राउ
bhakta jhedii
पाल्पा – बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षका भक्तबहादुर झेडी रहेका छन् । गएको असार ७ गते साँझ पौने ८ बजेतिर स्थानीय १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । रिब्दीकोट ६, ठिमुरेस्थित वाङ्सुरुङ् सामुदायिक वनको जङ्गलमा लगेर बालिकामाथि जबर्जस्ती भएको प्रहरीले जनाएको छ । घटना भएको केही दनपछि पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update