पाल्पा - सरकारले गाडी भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटाएको हो ।
विभागका अनुसार यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाइएको छ ।
सरकारले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटे भाडा समायोजन गर्दै आएको छ । हिजो रातिबाट डिजेल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रूपैयाँ घटेको थियो । नयाँ भाडा दर आजबाट नै लागू हुनेछ ।
नयाँ भाडादर कहाँ जान कति हे्र्नुहाेस ?
[pdf-embedder url="https://eranimahal.com/wp-content/uploads/2022/06/SUMAN.pdf"]
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय