Erani Mahal
आज लुम्बिनी,गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
1868536919barsa-ph
काठमाण्डौं – आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । सोमबार गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल प्रदेश १, मधेश, बागमती, गण्डकी,लुम्बिनी र कर्णालीमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update