Erani Mahal
बगनासकाली गाउँपालिकाकाे आगामी वर्षकाे बजेट ५० करोड १८ लाख बढी
baganaskali
पाल्पा - जिल्लाकाे बगनासकाली गाउँपालिकाले आगामी वर्षका लागि ५० करोड १८ लाख बराबरको बजेट तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । कृषि, पूर्वाधार विकास र शिक्षा क्षेत्रलाई प्राथमिकता राखेर बगनासकाली गाउँपालिकाले बजेट पेश गरेको पालिकाकी अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँले विगतमा भएका केही याेजनालाइ सम्पन्न गर्ने, खानेपानी महशुलमा छुट दिने, अपाङ्गता भएकालाइ भत्ता दिने जस्ता कार्यक्रम आफूहरूकाे प्राथमिकता रहेकाे बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update