Erani Mahal
रिब्दीकोट गाउँपालिकाले आगामी वर्षकाे लागि ५१ करोड २४ लाख बजेट ल्यायाे
IMG_1119-scaled
पाल्पा - पाल्पाकाे रिब्दीकोट गाउँपालिकाले आगामी वर्ष २०७९/०८० का लागि ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट गाउँसभामा पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले कृषि, पशुपालन, शिक्षा र पर्यटनलाई प्राथमिकता दिएर गाउँसभामा बजेट तथा कार्यक्रम पेश गर्नुभएकाे हाे । उत्पादन र आत्मनिर्भर कृषि कार्यक्रमलाइ प्राथमिकता दिएर रिब्दीकाेट गाउँपालिकाले बजेट ल्याएकाे हाे । यस्तै पूर्वाधार विकासलाइ समेत रिब्दीकाेटले महत्व दिएकाे गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update