Erani Mahal
रम्भाकाे आगामी आव २०७९/०८० काे बजेट : ५० कराेड २९ लाख
1_3
पाल्पा - जिल्लाकाे रम्भा गाउँपालिकाले ५० करोड २९ लाख ८३ हजार बराबरको बजेट पेश गरेको छ । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाले आगामी वर्षका लागि बजेट पेश गरेको हो । एघाराैँ गाउँसभामा पालिकाले कृषि उत्पादन, पशुपालन, शिक्षा क्षेत्रका कार्यक्रमलाइ महत्व दिएर बजेट ल्याएकाे पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयाे । उहाँले याे वर्ष पालिकाका सबै जनाकाे दुर्घटना बीमा गरिएकाे, युवालाइ विशेष अनुदान दिने, राेजगारी सिर्जना गर्न तालिम दिने जस्ता कार्यक्रम महत्वपूर्ण रहेकाे बताउनुभयाे ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update