Erani Mahal
माथागढी गाउँपालिकाकाे आव २०७९/८० काे बजेट : ५७ कराेड ७४ लाख
budze pes
पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आगामी आवका लागि पालिकाको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम पेश गर्नुभयो । माथागढीकाे समग्र विकासलाइ आधार बनाएर नीति तथा कार्यक्रम ल्याइएकाे अध्यक्ष चिदीले बताउनुभयाे । यस्तै माथागढीकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले ५७ करोड ७४ लाख बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । शिक्षा, कृषि, पूर्वाधार, सडक निर्माणलाई प्राथमिकतामा राखेर माथागढीले बजेट पेश गरेको हो । उपाध्यक्ष लुङ्चेले चालु तर्फ ३१ कराेड ७६ लाख र पूँजीगत तर्फ २५ कराेड ९८ लाख बजेट प्रस्ताव गर्नुभएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update