Erani Mahal
तानसेनकाे आव २०७९/०८० काे बजेट : १ अर्ब ३९ कराेड
Tansen Na pa R (1)
पाल्पा - जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ३९ करोड रुपियाँको बजेट नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ । एघारौँ नगरसभामा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले नीति तथा कार्यक्रम अनुसार समेटेर बजेट प्रस्तुत गर्नुभयो । पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता राखेर तानसेनले बजेट तथा कार्यक्रम बनाएको हो । एघारौं नगरसभाको अधिवेशनमा उपप्रमुख सिंजालीले चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालिस र पूँजिगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षको १४ करोड ७३ लाख घाटा बजेटलाई समायोजन गरी बजेट विनियोजन गरिएको हो । अघिल्लो आर्थिक बर्ष १ अर्ब ४१ करोड बजेट विनियोजन भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा घाटासहितको बजेट समायोजन गर्दा १ करोड ८२ लाख कम हो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update