Erani Mahal
बगनासकाली गाउँपालिकाद्वारा उत्कृष्ठ कर्मचारी सम्मान
g a
पाल्पा– बगनासकाली गाउँपालिकाको ११ औं गाउँसभाको अवसरमा उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको छ । सभाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले गाउँपालिकामा वर्षभरीमा उत्कृष्ठ काम गर्ने ६ जना कर्मचारीहरुलाई सम्मान गरेको हो । उनीहरुलाई नगद, दोसल्ला, सम्मानपत्र सहित सम्मान गरिएको हो । सभाका अवसरमा प्रमुख चिदीले गाउँपालिकाले प्रत्येक वर्ष उत्कृष्ठ काम गर्ने कर्मचारीलाई कार्यसम्पादनका आधारमा पुरस्कृत गर्दै आइरहको र यस वर्ष पनि जनताको काममा सहज रुपमा सेवा प्रदान गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको बताउनुभयो । पुरस्कृत कर्मचारीले आगामि दिनमा समेत आफू अव्वल भएर जनताको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update