Erani Mahal
रामपुर ४ ले वार्षिक नीति तथा योजना तर्जुमा
T a
पाल्पा-आर्थिक बर्ष शुरु हुनै लाग्दा जिल्लाका स्थानीय तहले आगामी बर्षको योजना तर्जुमा तथा टोल सस्थालाई चलायमान गराउन अभिमुखीकरण कार्यक्रम गरेको छ । रामपुर नगरपालिका वडा नं ४ पाल्पाले वार्षिक नीति तथा योजना तर्जुमा एवम् टोल विकास संस्था अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रम उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नमुना शहर बनाउन प्राथमिकताको आधारमा योजना बनाई कार्यान्वयनमा लाने गरि अघि बढ्न आग्रह गर्नुभयो । टोल विकास संस्था काममा प्रतिस्पर्धा गर्दै उत्कृष्ट हुनुपर्नेमा जोड दिनुभयो । नमुना वस्ती विकास गर्ने, देखिन लायकको शहर बनाउने योजना रहेको हुदा यस काममा स्थानीयको सहयोग आवश्यक रहेको नगर प्रमुख थापाले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले टोल विकास समितिको काम, कर्तव्य र अधिकारका सम्बन्धमा जानकारी गराउदै टोल सस्थाको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो । कार्यक्रममा रामपुर ३ का वडाध्यक्ष दामोदर पाठक, नेपाली कांग्रेस वडा सभापति थर्कबहादुर राना, नेकपा एमाले वडा कमिटि अध्यक्ष डिलबहादुर कौशीले बोल्दै वडाको प्राथमिकताको आधारमा विकास निर्माणका विभिन्न काम गर्दै जानुपर्ने बताउनुभयो । रामपुर ४ मा १७ वटा टोल विकास संस्था छ । टोल विकास संस्थामार्फत हुने काममा पूर्वाधारतर्फ १ सय ९, सिंचाईतर्फ ९, भवनतर्फ २१, खानेपानीतर्फ २४, सामाजिक विकासतर्फ ५ गरी जम्मा १ सय ६८ वटा विभिन्न योजना संकलित भएर वडामा आएको छ । प्राथमिकताको आधारमा कार्यपालिका बैठकले पास गरी नगर सभाले लैजानेछ । वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षता, वडा सदस्य ताजिम महम्मद अजिम शेखको स्वागत र वडा सचिव सबिता रानाको संचालनमा कार्यक्रम भएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update