Erani Mahal
निस्दीमा विधुतीय प्रणाली मार्फत अध्यापन सम्बन्धि तालिम
लषक (1)
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा शिक्षकहरुका लागि विद्धुतीय प्रणाली मार्फत अध्ययन अध्यापन सम्बन्धि तालिम सम्पन्न भएको छ । गाउँपालिका विद्यालयहरुमा विद्धुतीय प्रणाली मार्फत शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको शिक्षा संयोजक नर बहादुर थापाले बताउनुभयो । आधारभूत तह र माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुको सहभागिता रहेको तालिममा कम्प्युटर विषय शिक्षण क्रियाकलापमा देखिएका समस्या र यसका समाधन,कम्प्युटरका आधारभूत सीप बारे जानकारी गराइएको थियो । गौरीशंकर माध्यमिक विद्यालय मित्यालमा सन्चालन भएको तालिमको सहजीकरण जीवन आचार्य,तेजु घर्ती मगर र रेउट बहादुर रानाले गर्नुभएको हो । गएको असार ३ गते देखि ७ दिन सम्म सन्चालन भएको तालिममा ३७ जना शिक्षक-शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update