Erani Mahal
निस्दीको ११ औं गाउँ सभा :  ६४ करोड ९८ लाख बजेट पेश
f (1)
पाल्पा - निस्दी गाउँपालिका , पाल्पाको एघारौं गाउँ सभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७९ / ०८० को लागि निस्दीले कुल ६४ करोड ९८ लाख ६ हजार ५ सय ७० रुपैयाँ बराबरको बजेट तथा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आगामी ५ वर्ष भित्र निस्दीलाई अति कम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने बताउनुभएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अध्यक्ष सारुले आगामी आर्थिक वर्षमा आत्म निर्भर हुने गरि कृषि तथा पशु उत्पादनमुखी , व्यवसायमुखी तथा स्वरोजगारमुखी कार्यक्रमहरु गरिने बताउनुभएको छ । नीति तथा कार्यक्रममा शिक्षा तथा स्वास्थ्यलाई विशेष जोड दिने उल्लेख रहेको छ । खानेपानी योजना , विपद तथा प्रकोप नियन्त्रण एवं व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा रहेको छ । नीति तथा कार्यक्रममा मगर भाषा , साहित्य , कला , संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख रहेको छ । निस्दीमा गरिवी निवारण , पूर्ण सरसफाइ तथा लैंगिक तथा समावेशी विकासका लागि सामाजिक परिचालन कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख रहेको छ । नीति तथा कार्यक्रममा महिला बालबालिका तथा पिछडिएको क्षेत्रका समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने उल्लेख रहेको छ । नीति तथा कार्यक्रममा ६० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने उल्लेख रहेको छ । साथै ग वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने उल्लेख रहेको छ । आगामी आर्थिक वर्षमा निस्दीको स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । साथै दीगो विकास , वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख रहेको छ । संस्थागत विकास तथा सुशासन गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । सभामा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक बजेट पेस गर्नुभएको छ । उपाध्यक्ष श्रेष्ठले संघीय तथा प्रदेश सरकारको अनुदान , गाउँपालिकाको आन्तरिक आम्दानी र संचित कोष गरि कुल ६४ करोड ९८ लाख , ६ हजार ५ सय ७० रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । सभामा विधेयक समितिका संयोजक तथा वडा नम्बर - ५ , गल्धाका वडा अध्यक्ष दुर्गा बहादुर सोमैले पेस गर्नुभएको आर्थिक विधेयक - २०७९ र विनियोजन विधेयक - २०७९ पारित गरेको छ । नीति तथा कार्यक्रममाथि विभिन्न राजनैतिक दल , शिक्षक , कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूले टिप्पणी तथा सुझाव दिनुभएको छ । सभामा गाउँ सभा सदस्य , राजनैतिक दलका प्रतिनिधि , कर्मचारी , शिक्षक तथा सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । सभा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षता एवं प्रवक्ता मेख बहादुर सुनारीको स्वागत र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालको सञ्चालनमा भएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update