Erani Mahal
पाल्पामा एकै महिनामा १९ सय सवारी कारवाही  : १२ लाख राजस्व संकलन !
trafic karbai
पाल्पा– जिल्लामा एकै महिनामा एक हजार ९ सय बढी सवारी साधनहरु कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, दुर्घटना भएका, ओभरलोड बोक्ने, स्वरुप विगारेर चलाउने सवारी कारवाहीमा परेका हुन् । कारवाहीमा परेका सवारीहरुमा ३८० ट्रक, टिप्पर, २ सय ३८ बस, ६१० जीप कार भ्यान, १५२ ट्याक्टर, ५३० थान मोटरसाइकल र ९ वटा सवारीलार्ई मादक पदार्थ सेवन गरी कारवाहीमा गरेको गरी १ हजार ९ सय ९ वटा सवारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसा जेष्ठ महिनामा उक्त सवारीहरुको कारवाहीमा १२ लाख ५८ हजार ५ सय राजस्व असुली भएको रानीमहललाई जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि हाइवे चेकिङ, गस्ति, चेकजाँचका क्रममा यि सवारी साधनलाई कारवाही गरिएको छ, केही सवारीलाई भने आगामि दिन गल्ति नगर्ने गरी जरिवाना लिएर छाडिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update