Erani Mahal
तिनाउकाे नीति तथा कार्यक्रम  : राम्राे कार्यक्रमलाइ निरन्तरता दिइने !
tinahu-2
पाल्पा- तिनाउ गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष प्रेम श्रेष्ठले पेश गर्नुभएको गाउँपालिकाको नीति तथा कार्यक्रम सभाले सभाबाट सर्बसम्मत रुपमा पारित भएको हो । नीति कार्यक्रम अन्र्तगत सडक पूवाधार तर्फ तिनाउ गाउँपालिकाको विकट वडा न. १ को रितुङ ठाडेमा गाउँपालिका भित्रैबाट सडक संजालमा जोडिनेछ । खोलिएका मोटरबाटोहरुलाई स्तरोन्नती गरि व्यवस्थित गर्दै लैजाने, एक घर एक धाराको नारालाई सार्थक वनाउन अधुरा रहेका ठुला खानेपानी योजनाहरुलाई यस आ.ब.मा सम्पन्न गर्ने नीति तय गरिएको तथा सरल र सहज तरिकाको सेवा प्रवाहका लागि सूचना गर्ने र प्रविधिको उच्चतम प्रयोग, स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी बस्न योग्य गाएको रुपमा लैजाने ध्येयमा पालिका अघि बढेको उल्लेख छ । गुणस्तरीय शिक्षा हाम्रो अभिभारा भन्ने मान्यताका साथ विद्यालय शिक्षाको सुधारका लागि स्पष्ट दृष्टिकोण र प्रतिवद्धताका सहित गाउँपालिका भित्रका सबै बालवालिकाहरुलाई शिक्षाको पहँुचवाट वाहिर नरहने अवस्थाको सुनिश्चितता गरिनेछ । आर्थिक रुपले विपन्न वर्गका लागि विशेष सहुलियतको व्यवस्था गरिनेछ । तथा प्राविधिक शिक्षालाई अन्य विद्यालयहरुमा पनि स्थापना गर्न पहल गरिनेछ । स्थानीय पाठ्यक्रमको निरन्तर पठनपाठन, २ वटा प्राविधिक विषयको अध्यापन भइरहेकामा दुई वटा थप गरिने उल्लेख छ । स्वास्थ्य नीतिमा वडा क्लिनिकको स्तरोन्नती गरी स्वास्थ्य केन्द्रमा रूपान्तरण गरिने उल्लेख छ । गर्भजाच तथा संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै शुन्य होम डेलिभरी उन्मुख गाउपालिका बनाइनेछ तथा महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन स्वरुप नेपाल सरकारको अलावा थप मासिक रु १००० यातायात खर्च उपलब्ध गराईनेछ । महिला शसक्तिकरणको लागि बहस पैरवी गरी विपन्न वर्ग लक्षित वस्तुगत टेवा, आयआर्जन, सिप विकास र नेतृत्व तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ । तथा लैगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी अभियान, तालिम र जनचेतनामुलक कार्यक्रम गरिनेछ । बालमैत्री स्थानीय शासन कार्यक्रम लागु गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिका स्तरीय वालमैत्री गाउँसमिति सकृय गराई कार्यक्रम संचालन गरिने नीति कार्यक्रममा उल्लेख छ । बालविबाह, बहुविवाह तथा छुवाछुत जस्ता सामाजिक कुप्रथा तथा कुरीतिलाई अन्त्य गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने कार्यक्रमा उल्लेख छ । कृषि र बजारीकरणका लागी बुटवल उपमहानगरपालिकासंग सहकार्य गरी बुटवल हाटबजारमा कृषि स्टल राख्ने पहल गरिनेछ । कृषि उपज बस्तुहरुको राम्रो भाउमा विक्री गर्न तथा बस्तुहरु सुरक्षित गरी राख्न प्रदेश सरकार संग एक कोल्ड स्टोरको माग गरिनेछ । कृषितर्फ सदा झै गहुँ, मकै, धानको विउ वितरण फलफुलको विरुवा वितरण, मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण, तरकारी विउविजन वितरण, तरकारी पकेट कार्यक्रम, कृषि पाठशाला, प्लास्टिक पोखरीको लागि प्लास्टिक वितरण, बाली संरक्षण शिविर तथा विषादी वितरण, आलु पकेट कार्यक्रम संचालन गर्न रणनीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक सुशासन र सवल प्रशासनतर्फ नीति तथा कार्यक्रम निर्देशित रहेको भन्दै अध्यक्ष क्षेष्ठले जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरेका छन् । मनसुनको समयमा भारी वर्षा, आगलागी, भूकम्प, आँधिबेरी जस्ता विपतले सार्वजनिक एवं निजी जीवनमा पर्ने असरलाई कम गर्न, पिडितलाई केही न केही राहतका प्याकेजद्वारा ती क्षेत्रहरुलाइ संबोधन गर्ने गरी एक विपद व्यवस्थापन कोषको स्थापना गरी कार्यविधि समेत बनि सकेको अबस्था छ । सो संरक्षणका लागि चुरे क्षेत्रको संरक्षणमा लागि पर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।हाल सम्म ६ वटा चुनढुंगा खानी र एक वटा फलाम खानी दर्ता भई संचालनमा आइरहेका छन यसको असर प्रभाव कम गर्ने संरक्षण र भू क्षय नियन्त्रण, वृक्षारोपण, धुलो नियन्त्रण गर्नगराउन पहल गरिने नीति लिएको छ । पालिकाका उपाध्यक्ष लाल बहादुर थापाले नीति जसरी सर्वसम्मत स्वीकृत भएको र यसरी नै कार्यान्वयनमा पनि एकमतले काम गर्नुपर्नेमा जोड दिनुभयो । सुकुम्बासीहरुको पहिचान गरी त्यसको सुची तयार गर्ने कार्यलाइ अगाडी बडाइने छ साथै पालिकालाई सुकुम्बासी मुक्त क्षेत्रको रुपमा घोषणा गर्ने गरी कार्यक्रम ल्याईने छ । तिनाउ गाउँपालिका भित्र अव्यवस्थीत बसोवास रहेका करिव २००० जना र भूमीहीन करिव ३०० जना रहेको अनुमान गरीएको छ । यसको सार्थक प्रयास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ । नीति तथा कार्यक्रममा कर्मचारीको कार्य व्यवहार जनमैत्री, सुशासनयुक्त तथा पारदर्शी बनाउने, सेवा बित्रृत्तलाई समेत कहज बनउदै लैजाने उल्लेख छ । खेलकुदमार्फत युवाको व्यक्तित्व विकासका लागि पहल गर्ने कार्यक्रममा उल्लेख छ । राष्ट्रिय कलव तथा व्यवस्थापन गर्न पालिका स्तरीय खेलकुद आयोजना गरिनेछ । यस आ.ब.मा पनि तिनाउ अध्यक्ष कप भलिवल रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरि युवाहरुलाई परिचालित गरी कार्यक्रम तर्जुमा गरिने छ । वडाहरुमा रहेका खेलमैदानहरु विस्तार तथा स्तरोन्नती गरिदै लगिने नीति कार्यक्रममा उल्लेख छ । यस्तै सीप विकास तथा उद्यमशीलता प्रवद्र्धन, सहकारी, विपद् व्यवस्थापन,सार्वजनिक निजी साझेदारी, सूचना प्रविधि क्षेत्रका कार्यक्रमका लागि विभिन्न नीति अवलम्बन गरिएको छ । राम्रा कार्यक्रमलाई निरन्तरता अध्यक्ष श्रेष्ठले यसअघिको नेतृत्वले अघि सारेका कतीपय सकारात्मक कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।समृद्ध तिनाउ निर्माण गर्ने अभियानमा प्रस्तुत नीति तथा कार्यक्रमहरु महत्वपूर्ण मार्ग दर्शक सिद्धान्तको रुपमा रहने उहाँले बताउनुभयो । पास भएको नीति तथा कार्यक्रम १० गते ११ बजे गाउँपालिकामा बजेट प्रस्तुतिकरण हुने प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनुभयो । दयाराज न्याैपानेबाट ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update