Erani Mahal
रिब्दीकोटको नीति तथा कार्यक्रम :  राेजगारी र उत्पादनलाइ प्राथमिकता !
IMG_1119-scaled
विजयकुमार बौडेल पाल्पा – रिब्दीकोट गाउँपालिकाको एघारौं गाउँसभाले आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स–साना योजनाको संख्या कम गराउन मापदण्ड निर्धारण गरिएको भन्दै गाउँपालिकाको आन्तरिक आय, अन्तर सरकार वित्त हस्तान्तरण, राजश्व बाँडफाँडलाई यथार्थ बिष्लेषण गरि नीति तथा कार्यक्रम तय गरिएको बताउनुभयो । नीति तथा कार्यक्रममा गाउँपालिकाको एकिकृत कृषी तथा पशु विकासको रणनिती बनाई कार्यान्वयन गर्न बिज्ञ सहितको संयन्त्र निर्माण गर्ने, किसान सुचिकरणको बाँकी काम पुरा गरि परिचय पत्रको व्यवस्था मिलाउने, एक वडा एक प्राविधिक सेवा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमुना उत्पादन, गाउँपालिका स्तरिय नर्सरी, एक वडा एक पोखरी, म बनाउँछु मेरो रिब्दीकोट, खनौं आफ्नो माटो, छाडौं विदेशको बटो लगाएतका कार्यक्रम सञ्चालन गर्ने बताईएको छ । त्यस्तै पुर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको नीति अवलम्बन गर्ने, खस्यौली प्राथमिक केन्द्रलाई १० शैयाको अस्पतालमा परिणत गर्ने, उज्यालो तथा सुरक्षित रिब्दीकोट कार्यक्रमलाई अगाडी बढाई मुख्य सडक क्षेत्रहरुमा सडक बत्ति र सिसि क्यामेराको प्रबन्ध मिलाउने, गाउँपालिका स्तरिय उद्योग बाणिज्य संघ स्थापना गर्ने, मेरो रिब्दीकोट मेरो गर्व मेरो स्वर्ग अभियान सञ्चालन गरि विभिन्न क्रियाकलाप गर्नेलगाएतका विषय नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले जानकारी दिनुभयो । त्यस्तै दिर्घरोगीहरुको प्रोफाईल निर्माण गरि स्वास्थ्य उपचारमा सहजिकरण गर्ने, पालिका भित्रका बर्थिङ सेण्टरबाट रिफर गरिएका गर्भवतीहरुलाई निशुल्क एम्बुलेन्स व्यवस्था गर्ने, विद्यालयका किशोरीहरुलाई निशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने, गाउँपालिका स्तरिय नमुना विद्यालय निर्माण गरिने, विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रममा एकल महिलाको भर, जिम्मेवार स्थानीय सरकार, व्यवस्थित जुठेल्नो, सफा झोला, एक घर एक वित्तिय संस्था खाता, कृषी व्यवसाय सफलताको आधार सबै खेतियोग्य जमिनमा सिँचाई पुर्वाधारलगाएतका कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ । गाउँपालिकाले कृषी कर्म गर्नेगरि गाउँपालिका भित्र बसाँईसराई आउने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउने जनाएको छ । त्यस्तै नीति तथा कार्यक्रममा गाउँपालिकामा संकलन गरिने कर तथा राजश्वलाई विद्युतिय प्रणाली मार्फत भुक्तानी गर्न स्मार्ट रिब्दीकोट एप निर्माण गरि प्रयोगमा ल्याईने जनाईएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update