Erani Mahal
पाल्पाको सौभाग्य मा.वि.का बिद्यार्थीले लिए आयुर्वेद शिक्षा
289178615_3240843469485915_1657701842354930105_n
बिकाश काफ्ले,पाल्पा-पाल्पाको माथागढी गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत रहेको चिदीपानी आयुर्वेद अौषधालयले विद्यालय आयुर्वेद स्वास्थ्य योग शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । पालिकाको सबै माद्यामिक विद्यालयमा पुगेर उक्त प्रशिक्षणमुलक शिक्षा दिन सुरु गरिएको हो । आयुर्वेद र योग शिक्षाको विषयमा विद्यार्थीहरुलाइ प्रशिक्षित पार्ने काम भैरहेको अौषधालय प्रमुख अमृत भण्डारी जानकारी दिनुभयो । विद्यालयमा पुगेर विद्यार्थीलाई आयुर्वेद र योगका फाइदा र आफ्नै क्षेत्रमा उत्पादित जडिबुटी प्रयोगका वारेमा उक्त कार्यक्रम केन्द्रित रहेको उहाँको भनाई छ । सचेतनामुक कार्यक्रममा विशेष गरि घरेलुु जडिबुटीलाई महत्त्व दिन विशेष जोड दिएको छ । स्वास्थ्यको लागि हितकर वैज्ञानिक रुपमा समेत फाइदा हुने जनाएको छ । बिहीबार सौभाग्य माध्यमिक बिद्यालय आयुर्वेद स्वास्थ्य र योग शिक्षाका विषयमा विद्यार्थीलाई स्वास्थ्य जानकारी दिएको थियोे । विद्यार्थीलाई स्वास्थ्य सम्बन्धि जानकारीमुलक प्रशिक्षण तथा तालिमले राम्रो हुने विद्यार्थीलाई योग आशानबाट हुने फाइदा र एलोपेथिक आयुर्वेद औसधि प्रयोग गर्दा स्वास्थ्यलाई हुने फाइदाका वारेमा वढि प्रशिक्षित पार्ने काम भएको सौभाग्य माध्यमिक बिद्यालय प्रधानाध्यापक कृष्णप्रसाद खनालको भनाइ रहेको छ । चिदीपानी आयुर्वेद अौषधालयको आयोजनामा विद्यालय स्तरिय आयुर्वेद स्वास्थ्य र योग कार्यक्रम सञ्चालन चलिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update