Erani Mahal
पाल्पामा आठाैँ अन्तर्राष्ट्रिय योग  दिवस मनाइयाे
yyy
विकाश काफ्ले, पाल्पा - ‘‘नियमित योग गरौं, स्वास्थ जीवनशैली अपनाऔँ, स्वास्थ र सन्तुलित आहार सेवन गरौं,‘मेरो स्वास्थ मेरो जिम्मेवारी अभियान सफल पारौं’’ भन्ने नाराका साथ आठौं अन्तर्राष्ट्रिय योग दिवस पाल्पामा मनाइएकाे छ । माथगढी गाउँपालीकाे चिदीपानी आयुर्वेद औँषधालय चिदीपानीले पनि याेग दिवस मनाएकाे छ । योग दिवसमा याेग प्रशिक्षण कार्यक्रम गरिएकाे थियाे । साे अवसरमा योग बारेमा प्रकाश पार्दै कार्यलय प्रमुख अमृत भण्डारीले भन्नुभयो । योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको चिदीपानी आयुर्वेद औँषधालय प्रमुख अमृत भण्डारी जानकारी गराउनुभयो । योग प्रशिक्षण गराउदै प्रशिक्षक यज्ञ गैरेले भन्नुभयो, स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिएपनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्ने बताउनुभयाे । प्रमुख अतिथि होमनाथ शर्मा कार्यक्रममा बोल्दै मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिने बताउनुभयाे । योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने विश्वास गरेको वाड अध्यक्ष तथा सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राजकुमार पन्थी बताउनुभयो।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update