Erani Mahal
तानसेन नगरपालिकालाई पाँच थान ल्यापटप हस्तान्तरण
ttr
पाल्पा – तानसेन नगरपालिकालाई पाँच थान ल्यापटप कम्प्युटर हस्तान्तरण गरिएको छ । नगरपालिकालाई युएनडिपीका लुम्विनी तथा गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । नगर प्रमुख श्रेष्ठले ल्यापटप सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदैँ आगामी दिनमा पनि संस्थासँग सहकार्य हुने बताउनुभयो । युएनडिपीले सहयोगमा तानसेनका युवालाइ सीप विकास सम्बन्धी तालिम र लगानीका लागि रकम वितरण गर्दै आएको रेडा पाल्पाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update