Erani Mahal
उपभोक्ता हित संरक्षण समितिको बैठक
cc
पाल्पा – तानसेन नगरपालिका अन्तर्गत रहेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठक बसेको छ । बैठकमा आगामी वर्षका लागि बजेट तथा कार्यक्रम बारे छलफल भएको छ । बैठकमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले आम नगरबासीले शुद्ध तथा स्वच्छ खाद्य बस्तु प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खाद्य बस्तु बिक्री गर्ने व्यापारी र त्यसको उपभोग गर्ने उपभोक्ता सचेत भए मात्र आम नागरिकको अधिकार स्थापित हुने बताउनुभयो । बैठकमा तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले आगामी आव २०७९÷०८० मा गर्ने कार्यक्रम तथा बजेटबारे जानकारी दिनुभयो । उहाँले उपभोक्तालाई सचेत बनाउन पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, पत्रकार महासंघसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले बजार अनुगमन गर्ने तथा व्यापारीलाई सचेत बनाउने, विद्यालयमा उपभोक्ता हित सम्बन्धी सचेतना कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो । बैठककी अध्यक्ष एवं नगर उपप्रमुख प्रतिक्षा सिंजालीले नगरबासीलाई स्वस्थ हुन पाउने र शुद्ध खाद्य बस्तु प्रयोग गर्न पाउने नैसर्गिक अधिकार रहेको बताउनुभयो । बैठकमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, पत्रकार महासंघ, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मन्चका प्रमुख एवं प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update