Erani Mahal
हवाई भाडा बढ्यो, भैरहवा–काठमाडौँको भाडा ८ हजार ५७५ (सूचीसहित)
pic_2_tH2hBaRo8P
काठमाण्डौ - नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ । वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ । नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ । काठमाण्डौ–धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म लिन पाउनेछन् भने काठमाडौँ–भैरहवा रुटमा हवाई सेवा प्रदायकले अधिकतम ८ हजार ५७५ रुपैयाँसम्म लिन पाउने छन् । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ । आयल निगमले गए रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएको छ । यस्तै विमानस्थल शुल्क पनि अन्तर्राष्ट्रियतर्फ पाँच सय तथा अन्यमा चार सय र तीन सय रुपैयाँले बढेको छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update