Erani Mahal
बुटवलस्थित तिनाउ नदीमा एक पुरुषको शव फेला
288901795_395930362491912_942176345522057377_n-1-1024x614
बुटवल – तिनाउ नदीमा एक शव फेला परेको छ । उक्त शव बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोर बहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । नेपालीको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर स्थित तिनाउ नदीमा फेला परेको थियो । बाढीले बगाएर ल्याएका दाउरा समात्ने क्रममा उनलाई तिनाउ नदीले बगाएको हुन सक्ने प्रहरी प्रमुख केसीले बताउनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update