Erani Mahal
भलिवल संघ पाल्पाको सधारण सभा तथा तेस्रो अधिवेशन
288964347_837232167260824_6933904130342996370_n
पाल्पा– जिल्ला भलिवल संघ पाल्पाको सधारण सभा तथा तेस्रो अधिवेशन पाल्पामा सम्पन्न भएको छ । नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष निरोज मास्केको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका सचिव ताराबहादुर थापा र पाल्पाली संगमका उपाध्यक्ष पदम न्यौपानेको उपस्थितिमा कार्यक्रम भएको हो । अधिवेशनले राजु गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा नारयाण सारु, देवबहादुर गाहा, महासचिव कृष्ण बहादुर आले, कोषाध्यक्षमा दिलबहादुर गाहा, सदस्यहरुमा दिपक चौहान, सुशिला गोदार रहनुभएको छ । यस्तै अन्यसदस्यहरुमा कमल राना, हिमाल हिस्की, चिरन फाल, प्रिती साह, ताराबहादुर थापा, पदम न्यौपाने रोशन गाह, मोहन दर्लामी रहनुभएको छ । केन्द्रीय प्रतिनिधिमा पदम न्यौपाने तथा प्रदेश प्रतिनिधिमा प्रकाश श्रेष्ठ र अनन्त श्रेष्ठ रहनुभएको छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update