Erani Mahal
विद्यार्थीको मृत्युपछि फरार डोजर चालक पक्राउ
pakrau
गुल्मी – गुल्मीमा सडक खन्ने क्रममा फालेको ढुंगाले लागेर विद्यार्थीको मृत्यु भएपछि फरार डोजर चालक पक्राउ परेका छन् । गत जेठ २६ गते बिहान गुल्मी मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी १४ वर्षका गगन रायमाझी स्कुल जादै गर्दा बा २ क ९४६७ नम्बरको डोजरले फालेको ढुंगाले लागेर मृत्यु भएको थियो । विद्यार्थीको मृत्यु भएपछि फरार रहेका रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ निवासी शेरबहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताउनुभयो । बिकलाई आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update