Erani Mahal
रोटरी क्लब तानसेनको आयोजनामा खाना नफ्याकौं अभियान
Re
पाल्पा– रोटरी क्लव अफ् पाल्पा तानसेनले खाना नफ्याकऔं अभियान सुरु भएको छ । दैनिक खानेकुरा फाल्ने बानी बढी रहेका बेलमा क्लबले खाना नफ्याकौं अभियान शुभारम्भ गरेको अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । होटल तथा रेष्टुरेन्ट व्यवसायीसँगको सहकार्यमा शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि तानसेनका मेयर सन्तोषलाल श्रेष्ठले क्लवले गरेको कार्य तानसेनको सौन्दर्यकरण र फोहोरमैला व्यवस्थापनमा उल्लेखनीय रहेको बताउनुभयो । नगर प्रमुख सन्तोष लाल श्रेष्ठले क्लबले खाध सुरक्षाको बिषयमा समसामयिक कुरा अगाडि बढाएको बताउनुभएको छ । बर्ष २०२१÷२२ का अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाका विभिन्न होटल,रेष्टुरेन्ट लगाएत विभिन्न समुदाय समक्ष अभियानलाई सञ्चालन गर्ने बताउनुभयो । क्लबले स्थापना काल देखि पाल्पाको सामाजिक कार्यमा सकृयताका साथ कम अवसर पाएका व्यक्ति एवम समुदायको उत्थानको लागि अगाडी बढेको बताउदै आगामी दिनमा खाना नफ्याकौं अभियानलाई देश व्यापी रूपमा अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाका जिल्ला अध्यक्ष एवम् क्लबका पूर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठले क्लबले सस्थागत रूपमा सन्देश प्रवाह गरेकोले व्यापक परिवर्तन ल्याउनु पर्ने बताउनुभयो । क्लवका पुर्व अध्यक्ष बुद्वि प्रसाद शर्माले विश्वको एक तिहाइ खाना नस्ट भइरहेको परिस्थिति हेर्दा हालको तथ्यांक अनुसार १.२ विलियन मानिस खाना खानबाट बन्चित रहेको बताउनुभयो । कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष छत्रराज शाक्य, पुर्व अध्यक्षहरू मधु दयाल शैजु, सकुन्तला बज्राचार्य,विरेन्द्र काजी शाक्य, वंकिचन्द्र खनाल,जगन्नाथ अर्याल, शिव देवकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका सचिव यादब सिं कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update