Erani Mahal
माओवादी केन्द्र पाल्पाको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा समिक्षा कार्यक्रम
mc
पाल्पा– नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा समिक्षा कार्यक्रम तानसेनमा गरेको छ । कार्यक्रमका प्रमुख अथिथि केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य तुलाराम घर्तीले माओवादी जनयुद्धको उपलव्धी स्वरुप देशमा आएको संघीयताको रक्षा र विकासमा समेत माओवादी पार्टीको मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले जनताप्रति पूर्ण बफादार रही पार्टीको नीति सिद्धान्त अनुसार काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले देशको संकट समाधान, विकास र समृद्धिको यात्रामा माओवादी पार्टी मात्रै सफल रहेकोले सबै माओवादी आन्दोलनमा गोलबन्ध हुन आग्रह गर्नुभयो । यस्तै पाल्पा जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले संघीयताको एजेन्डा माओवादीको भएको तर नेतृत्व संघीयता र गणतन्त्र विरोधी शक्तिको भएकाले देशमा अस्थिरता निम्तिएको बताउनुभयो । यस्तै जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेय, प्रदेश सहसचिव पार्वती विक जीत बहादुर थापा चक्रव्युह थापा लगायतले निर्वाचित जनप्रतिनिधिलाई इमान्दारिता, पार्दरर्शीता भएर नमुना काम गर्न शुभकामना दिनुभयो । नव निर्वाचित जनप्रतिनिधिहरु रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, रैनादेवी छहराका उपाध्यक्ष युवराज थापा, तानसेनका उपमेयर प्रतिक्षा सिंजाली लयायतले पार्टी र जनताले सुम्पेको जिम्मेवारी कर्तव्य निष्ट भएर पूरा गर्ने बताउनुभयो । उहाँले शुसासन, पारदर्शीता र जनसेवामा आफूहरुको कार्यकालमा सक्दो प्रयास गर्ने बताउनुभयो । बैठकमा सबैपलिकाका इन्चार्ज संयोजक हरुले स्थानीय तह निर्वाचनको समिक्षात्मक रिपोर्टग समेत गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update