Erani Mahal
रिब्दीकोटको  गाउँपालिका भवन क्षेत्रमा बाटो पिच गरिदै !
fe (1)
पाल्पा– रिब्दीकोट नयाँ गाउँसरकार गठन भएसँगै विकास निर्माणको कामलाई समेत तीव्रता दिएको छ । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले निर्वाचित भएसँगै गाउँमा विकासका मलाई प्राथमिकीकरण गरेर योजना बनाई तीव्र र दु्रत गतिमा सुरुवात गरिएको बताउनुभयो । गाउँपालिकको भवन अगाडि समेत लामो समयदेखि विग्रिएको बाटो पिच हुन सकेको थिएन । पालिकामा नयाँ जनप्रतिनिधि आएसँगै गाउँपालिका भवनको अगाडि पिचको काम कार्य शूरू गरिएको कार्यपालिका सदस्य सुनिल बस्यालले बताउनुभयो । उहाँका अनुसार रिदम कन्ट्रक्सन प्रालिले सडक निर्माणको काम सुरु गरेको छ । असार लागेकाले तत्कालै काम सक्ने गरेर अगाडि बढ्न गाउँपालिकाले निर्देशन दिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update