Erani Mahal
जिल्ला समन्वय समिति पाल्पाकाे प्रमुखमा खनाल र उपप्रमुखमा गैरे निर्वाचित
Nirbachitt ji sa sa
पाल्पा – जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहितका सबै पदमा एमालेका उम्मेद्वार विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नुभएका टङ्क खनाल जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनुभएको छ । यस्तै उपप्रमुखमा एमालेकी काशिका गैरे निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै सदस्यहरूमा बसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको छ । शुक्रबार समन्वय समितिका लागि निर्वाचन भएकाे थियाे । विजयी सबै सदस्य एमालेको तर्फबाट उम्मेद्वार बनेका हुन् । समन्वय समितिको प्रमुखमा निर्वाचित खनालले ११ मत ल्याउनुभएको छ । खनालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका यमलाल तिमिल्सिनाले ९ मत मात्र ल्याउनुभएको थियो । यस्तै एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित गैरेले ११ र निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले ९ मत मात्र ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update