Erani Mahal
रानीमहल नजिकै कालीगण्डकी नदीमा बेपत्ता ७ जनाकाे उद्धार
ranimahal gotakhor
पाल्पा - पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा बेपत्ता भएका सात जना भारतीय पर्यटककाे सकुशल उद्धार गरिएकाे छ। बिहीबार साँझ पौने ७ बजेतिर र्या‍फ्टिङ् गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार गरिएको हो। बेपत्ता सातै जनाको सकुशल उद्धार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो। रानीमहल दरबारको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्दार भएको हो। उनीहरूको रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्दार गरिएको हो। सबैले सेफ्टी ज्याकेट लगाएका कारण सकुशल उद्दार गर्न सफल भएकाे प्रहरी उपरीक्षक शाहीले बताउनुभयो। [caption id="attachment_26152" align="alignnone" width="768"] फाइल तस्विर ।[/caption]
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update