Erani Mahal
लुम्बिनी प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट (पूर्णपाठ)
download (2)
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेको छ । प्रदेशसभा बुधबार आर्थिक मन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ । प्रदेश सरकारले एक स्थानीय तह एक नमुना कृषि कार्यक्रमदेखि प्रदेश गौरवका आयोजनाहरुलाई प्राथमिकतामा राखिएका छन् । प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार तथा कुल बजेटको ३१।२६ प्रतिशत र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार तथा ५७।४१ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेको छ । बजेट चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ४० अर्ब ९५ करोडको बजेट छ ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update