Erani Mahal
निस्दीको गोरखनाथ माविमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न
287181814_317308427273675_8481349353974699389_n
होम राई मगर,पाल्पा - गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पामा विद्यार्थीहरुका लागि १ दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका ४ सदावर्त सहित सेवा दिदै आएको लक्ष्मी बैक लिमिटेड को सहायक कम्पनी का रुपमा स्थापित लक्ष्मी लघुबित्त वित्तीय संस्था लिमिटेडको आयोजना कार्यक्रम सन्चालन गरिएको हो । कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यालयका कक्षा ९ र कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाई,कर्जा ,बचत , रेमिट्यान्स, मोबाइल बैंकिङ सम्बन्धि जानकारी गराएको संस्थाका शाखा प्रमुख अम्मर राज जोशी ले बताउनु भयो । जम्मा ८६ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले बैंकिङ्ग सेवा र उपयोगिता बारे जिज्ञासा राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update