Erani Mahal
भैरहवामा श्रम कार्यालय, काठमाण्डौं धाउन नपर्ने
Screenshot-19-1024x576 (1)
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सूचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम हुने भएको छ । यो सँग श्रम स्विकृतिको लागि काठमाडौं धाइ रहनुपर्ने बाध्यता हटेको छ । बुधबार भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले आज भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्विकृति गरेर कार्यालय सूचारु गर्नुभएको छ । भैरहवाबासीको वर्षौ देखिको सपना पूरा गर्न कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दि ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको मन्त्री श्रेष्ठले बताउनुभयो । भैरहवामा कार्यालय खोलेर मात्रै नहुँने भन्दै सांसद प्रमोद यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरि दिन आग्रह गर्नुभयो । कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो। प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा मेनपावर कार्यालयहरु खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताउनुभयो । देशमा मेनपावर कम्पनीलाई बदनाम गराउने गिरोह रहेकोले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारवाही गर्नु पर्ने बताउँदै मेनपावर कम्पनीले वैदेशिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकोले विचौलीयाबाट जोगिन सर्वसाधारणलाई अध्यक्ष ढकालले आग्रह गर्नुभयो । भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले हप्तामा तिन दिन उडान गरिरहेको छ । छिट्टै अन्य देशका नियमित उडान गर्ने तयारीमा सरकार लागि रहेको छ । विदेशबाट आएका जहाज त्रिभुवन विमानस्थलमा अवतर गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौं सम्म जोखिम मोलेर आकाशमा उडि रहनु पर्ने बाध्यता हटेको छ । कार्यक्रमा नेपाली कांग्रेसका नेता अष्ठभुजा पाठक, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगाएतले आ आफ्नो धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update