Erani Mahal
पाल्पाकाे बगनासकाली सहकारीबाट ५ लाख बढी नगद चाेरी
ss
पाल्पा – जिल्लाको एक सहकारीमा ताला तोडफोड गरी चोरी भएको छ । जिल्लाको बगनासकाली–७, चापपानीस्थित बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थामा सोमबार राति चोरी भएको हो । सहकारी संस्थाको भोल्ट र काउण्टर फोडेर पाँच लाख २८ हजार रकम चोरी भएको सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो । सहकारी संस्थाले विभिन्न कारोबारबाट सङ्कलन भएको रकम सोमबार राति चोरी भएको उहाँले जानकारी दिनुभयो । सहकारीमा चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालय पाल्पालाई जानकारी दिइएको सहकारी संस्थाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले भने चोरी कार्यमा संलग्नको खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update