Erani Mahal
पाल्पामा १४ वर्षीया बालिकालाई जबरजस्ती क*र*णी गरेको आरोपमा एक जना पक्राउ
IMG20220614142142 (1)
पाल्पा – पाल्पामा बालिकालाई जबरजस्ती क*र*णी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले एक साताअघि रिब्दीकोट गाउँपालिका–२ को सानोदमकस्थित जंगलमा जबरजस्ती क*र*णी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले खोजतलास गरेर विकलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update