Erani Mahal
रुपन्देही उद्योग महासंघको कार्यशाला तानसेनमा सम्पन्न
Upa
पाल्पा– नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले तीन दिने संस्थागत विकास विषयक कार्यशाला तानसेनमा सम्पन्न गरेको छ । शुक्रबारदेखी सुरु भएको कार्यशाला आईतबार सम्पन्न भएको हो । कार्यशालाको समापन गर्दै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले उद्योगीले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको बताउँदै हरेक व्यक्ति उद्यमी बन्ने आकंक्षा सहित कार्य गरे देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । ‘उद्योग गरौं, उद्यमी बनौ, देश विकासमा टेवा पु¥याऔं’ भन्ने मूलदृष्टिकोण तथा अभियानबाट उत्प्रेरित नेपालको अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउन, चलायमान बनाउन उत्पादनमुखी क्रियाकलापहरुको विकल्प नरहेको निष्कर्श निकालेका हुन् । पाल्पाको तानसेनमा तीन दिनसम्म चलेको कार्यशाला गोष्ठीका सहभागीहरुले घरपरिवार तथा समुदायमा हरेक व्यक्ति कुनै न कुनै वस्तुमा आत्मनिर्भर भएर अगाडी बढ्दा देशको आयात प्रतिस्थापन गर्न सक्ने बताएका हुन् । शुक्रबारदेखी आईतबारसम्म पाल्पाको तानसेनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीलसंस्थागत विकास विषयक गोष्ठी गरेको हो । गोष्ठीमा सहभागी उद्यमीहरुले वार्षिक कार्ययोजना बनाएका छन् । उनीहरुले उद्यमशीलताको विकासका लागि भन्दै आआफ्नो उद्योग तथा व्यवसायलाई उत्पादन बढावा दिने तथा लागत न्यूनिकरण कसरी गर्ने भन्ने सहितको योजना बनाएका हुन् । नेपालको अर्थतन्त्र पछिल्ला केही महिनादेखी गम्भिर अवस्थामा रहेको बताउँदै संस्थाका अध्यक्ष ध्रुव कुमार धितालले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका कार्य गर्न सके प्रशस्त सम्भावना रहेको बताउनुभयाे । मेहनत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने मूल उद्देश्यका साथ संस्थागत सुशासन वृद्दिका लागि कार्यशाला राखिएकोे उहाँले बताउनुभयाे । कार्यशालामा सहभागीहरुलाई सहजिकरण गर्दै स्रोत व्यक्ति मुकुन्द ज्ञवालीले हरेक नेपालीले आफ्नो खरीद व्यवहार परिवर्तन गर्नु आवश्यक रहेको बताएका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु वसन्त रोका, कनैयाला कशोधन, सल्लाहकार जीवनारायण अधिकारी, टंकनाथ अधिकारी लगायतले नेपाल कृषिमा आत्मनिर्भर बन्न सकेमात्र पनि आयात कम हुने बताएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईको व्यवस्थापन तथा सचिव दिपक खनालको सञ्चालनमा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीमा आवद्द उद्यमीहरूले व्यवसायिक अवसर तथा चुनौतीका विषयमा छलफल गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update