Erani Mahal
रिब्दीकोटको जलेश्वर सहकारीकाे प्रथम साधारण सभा सम्पन्न
287263812_432257118752304_3808656378646724626_n
पाल्पा– रिब्दीकोट गाउँपालिका बतासे प्रधानकार्यालय रहेको जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको तदर्थ समितिका अध्यक्ष सुनिल बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले सहकारीले गाउँमा छरिरहेको पूजीलाइ एकिकृत गरी उत्पादन र बजारीकरणमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी मार्फत सहकारी सदस्यलाइ आर्थिक विकास, जीविको पार्जन, कृषि पशुपालन लगायतका क्षेत्रमा लगानी गर्न गाउँपालिकाले समेत सहकार्य गर्ने बताउनुभयो । पाल्पा रुपन्देही र अर्घाखाँची कार्यक्षेत्र भएको सहकारीको प्रथम साधारण सभाबाट सुनिल बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । नारायण बहादुर लाम्टांगे अध्यक्ष, शिव बहादुर कुवर उपाध्यक्ष, कृष्ण बहादुर कुँवर सचिव, चन्द्र कुमारी थापा सहसचिव, नारायण बहादुर कुँवर कोषाध्यक्ष, मन विक सदस्य, तारा पल्ली गाहा सदस्य रहेको ११ सदस्यीय समिति चयन गरेको छ । कार्यक्रममा वडा अध्यक्ष दान बहादुर कुँवर, वडा सदस्य शर्मिला नेपाली, कार्यपालिका सदस्य सुनिल बस्याल लगायतले सहकारीको उज्वल भविष्यको लागि शुभकामना दिनुभयो ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update