Erani Mahal
पाल्पाका मुख्य तीन सडकलाई २० करोड बजेट विनियोजन
Tansenbazar
पाल्पा - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को आयोजनामा पाल्पाका मुख्य तीन सडकलाई २० करोड विनियोजन भएको छ । मन्त्रालयले राजमार्ग स्तरोउन्नती तथा पुनस्थापना कार्यक्रम अन्तर्गत पाल्पाका भिमाद – रामपुर, मित्याल – आरुङ खोला सडकको रामपुर – मित्याल सडक खण्ड एनएच – ६८ को लागि ३ करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै बर्तुङ्ग– तानसेन – रिडी – वामीटक्सार – खर्वाङ्ग सडकको रिडी वामीटक्सार खण्ड एच – ४९ को लागि ८ करोड र सोही सडकको बर्तुङ्ग – तानसेन – रिडी खण्ड एनएच ४९ को लागि २ करोड विनियोजन भएको मन्त्रालयले जनाएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिद्धार्थ राजमार्ग एनएच ४७ बुटवल – तानसेन – राम्दी सडकको लागि ७ करोड विनियोजन भएको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update